

धनगढी- कञ्चनपुरबाट झन्डै तीन लाखको अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार २ लाख ७२ हजार ३ सय ७० को भन्सार छलीको सामान बरामद गरिएको हो ।



जिल्लाको बेलौरीबाट १ लाख ५ हजार ९ सय, दोधाराबाट ११ हजार, बेलडाँडीबाट २४ लाख ७ सय ५०, त्रिभुवन बस्तीबाट ५४ हजार, शंकरपुर बाट २७ हजार १ सय ८०, भुडा बाट ४ हजार ८ सय ४० र परासन बाट ४४ हजार ७ सयको भन्सार छलीको सामान बरामद गरिएको हो ।


प्रहरीले १ थान मोटरसाइकल, १ थान साइकल, चिनी, बिडी, सुर्ती, किट्नाषक औषधी, बिस्कुट, जार र हार्डवेयरका सामानहरू बरामद गरेको हो । प्रहरीले भन्सार छलीका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार, कार्यालय पठाएको छ ।





