धनगढी- राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस धनगढीमा एक कार्यक्रम गरी मनाइएको छ । सुदूरपश्चिम सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टिका थापा, प्रमुख सचिव डाक्टर हरि लम्साल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना, नीति तथा योजना आयोगका उपाध्यक्ष गणेश वि.क. रहेका थिए ।



यस्तै कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणि पाण्डे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील बैद्य, सुदूरपश्चिम पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रविन्द्र केसी, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक, नेपाली सेनाका सहायक रथी, जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख पदमबहादुर बिष्ट , गैर सरकारी संस्था महासंघका प्रमुख प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा यस क्षेत्रको मानव अधिकारको अवस्था सम्बन्धमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हरि प्रसाद ज्ञवालीले प्रस्तुति गरेका थिए। साथै यस क्षेत्रमा मानव अधिकारको संस्कृति विकासको लागि स्थानीय, प्रदेश र संघीय सरकार बिच समन्वय हुनुपर्नेमा कुरामा सहभागी वक्ताहरूले जोड दिएका थिए ।





