विद्यालयको सर्वाङ्गिण विकासका लागि सरोकारवाला संग अन्तरक्रिया

अत्तरिया, १४ साउन- कैलाली अत्तरियामा रहेको सुप समाबेशी अधारभुत बिद्यालयले “अपाङ्गता भएका व्यक्तिहरूलाई दया, माया होईन अवसर चाहिन्छ” भन्ने मुल नारा सहित सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र समावेशी बिद्यालय रहेको उक्त बिद्यालयमा अपांगता बालबालिका अध्ययनरत रहेको बिद्यालयको सर्वाङ्गिण विकासका लागी सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

बिद्यालय व्यवस्थापन समितीका सदस्य तथा वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादुर खडका प्रमुख आतिथी रहेका थिए ।

त्यसैगरी अन्तरक्रिया कार्यक्रममा सामाजिक बिकास राज्य मन्त्री मना कुमारी साउँद, गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायत, अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डम्बर बहादुर पाल वडा नम्बर २ का वडा सदस्य कमल कडायत, मष्ठा धामका अध्यक्ष गणेश बहादुर साउद, एलडब्लुएफ सुदुरपश्चिमका प्रमुख, सप्रोस नेपाल सुदुरपश्चिमका अध्यक्ष चन्द्र सिह, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष धना चोखाल, राष्ट्रिय अपांग महासंघका अध्यक्ष, सामाजिक अभियान्ता, शिक्षक, स्थानिय बुद्धिजिबी, समाजसेवी, सुरक्षकर्मी, लगायतको उपस्थीति रहेको थियो ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै सामाजिक बिकास मन्त्री खडकाले सबैको सहयोग र समुन्वयमा हरेक संघसंस्थाहरु अगाढी बढ्ने बताए । उनले फरक क्षमता भएका बालबालिकाहरुको भविष्य बनाउन अगाडी बढ्ने सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरे । ‘बिद्यालयलाई अगाडी बढाउन अझै बिषेश योजना सहित गहन छलफल गर्न जरुरी छ ।’ उनले भने ‘एउटा योजना बनाएर आउनुस् बिद्यालयमा के समस्या छ र के गर्दा सामाधान हुन्छ त्यसका लागी प्रदेश सरकार तयार रहेको छ ।’ आफु मन्त्री बनेर आएको थोरै समय भएको र प्रदेशका हरेक समस्याहरु सामाजिक मन्त्रालयलेनै हेर्ने भएकाले थुप्रै चुनौती थपिएको उनले बताए । फरक क्षमताका बालबालिकाहरु अध्ययन रहेको बिद्यालयका लागी प्रदेश सरकारले सक्दो सहयोग गर्ने मन्त्री खडकाले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा बोल्दै सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउँदले अपांगता भएका बालबालिका अध्ययनरत बिद्यालयमा राज्यको आखा गएको बताईन् । राज्यले यसमा सहयोग गर्नुपर्ने बताईन् । ‘मैले गर्नुपर्ने सहयोग म गर्न तयार छु, बालबालिका देखेर मन छोयो आखामा आसु जम्मा भयो तर खस्न बाँकी रह्यो राज्मन्त्री साउँदले भाबुक बन्दै भनिन् ।’ उनले यस्ता संघसंस्थाहरुलाई सबै मिलेर व्यक्तिगत र सामुहिक रुपमा हेर्न जरुरी रहेको बताईन् ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले उक्त बिद्यालयलाई सुपको नमुना बिद्यालय बनाएर देशभरी चिनाउन सबैले सहयोग गर्नुपर्ने बताईन् । फरक क्षमता भएका बालबालिकाहरुलाई व्यवस्थीत गर्न निकै असहज हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहने उनको धारणा छ ।

त्यसैगरी कार्यक्रममा डा. लक्ष्मीराज पाठकले सम्बन्धीत व्यक्तीहरुले सम्बन्धीत निकायमा समस्याहरु राखेर समाधानको लागी पहल गर्नुपर्ने धारणा राखे । ‘अन्तरक्रिया भनेर लामो समय सम्म मन्त्रीलाई बोलाएर छलफल गर्नु मन्त्रीको समयलाई खेर फाल्नु हो यो कुरा मन्त्रीले पनि बुझ्नुपर्छ ।’ उनले भने ‘यथार्य समस्यालाई लिएर छुट्टै बसेर समस्याको सामाधानतिर लाग्नु पर्छ ।’

यसैगरी कार्यक्रममा बिद्यालयमा अध्ययनरत उत्कृष्ठ बालबालिकाहरुलाई पुरस्कार बितरण गर्नुका साथै बिद्यालयको अक्ष्यकोषमा रु ५१ हजार सहयोग गर्ने चेतराज जोशी लगायत बिभिन्न सहयोगी संघसंस्था तथा व्यक्तीहरुलाई पनि सम्मान गरेको थियो । बिद्यालयका पुर्व अध्यक्ष डबल बहादुर साउँदको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थापक अध्यक्ष मान बहादुर साउँदले गरेका थिए ।

Loading...