अख्तियारको कार्यालय कञ्चनपुरमा भ्रष्टाचारका ८ सय मुद्दा दर्ता

धनगढी- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा भ्रष्टाचारका ८ सय मुद्दा दर्ता भएका छन् । हरेक महिना कम्तिमा एक सयको संख्यामा भ्रष्टाचारका मुद्दा अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता हुँदै आएको पाइएको हो । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट अनियिमतता विरुद्धका उजुरी दर्ता हुने क्रम बढेको हो । विभिन्न माध्यमको प्रयोग गरेर सेवाग्राहीले धमाधम अख्तियारमा उजुरी दिन थालेका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

सबै भन्दा बढी उजुरी स्थानीय तह सँग सम्वन्धित छन् । कार्यालयका अनुसार चालु आर्थिक वर्षको बैशाख २१ गते सम्म मात्र ५५ वटा उजुरी दर्ता भएका छन् । यस्ता उजुरी चैत महिनामा ८१ वटा दर्ता भएका थिए । फागुन र माघ महिनामा एक सय ४२ उजुरी दर्ता भएको पाइएको छ । पौष महिनामा ५१, मंसिरमा ९० र कात्तिक महिनामा ४१ उजुरी दर्ता भएको कार्यालयको अभिलेख छ।

Navadurga sun
Godawari sandesh

त्यस्तै चालु आर्थिक वर्षको असोज महिनामा ८२, भदौ महिनामा ८५ र सबै भन्दा बढी साउन महिनामा १ सय ७३ उजुरी कार्यालयमा दर्ता भएका छन् । भाइबर, इमेल, हुलाक सेवा, टेलिफोन तथा लिखित रुपमा उजुरी दर्ता हुनेक्रम बढेको कार्यालयले बताएको छ । हुलाक सेवा र लिखित रुपमा सबै भन्दा बढी उजुरी दर्ता हुने गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालित विकास निर्माणका योजनामा हुने अनियमितता विरुद्ध सेवाग्राहीले उजुरी दिन थालेपछि अख्तियारले सोहि अनुसार कारबाही समेत अघि बढाउने गरेको छ ।

Couple
Loading...