कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनपुर- धनगढीका दुई युवक कञ्चनपुरबाट पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय ओमप्रकाश चौधरी र धनगढी–११ का २० वर्षीय अरुण राना लागूऔषध सहित पक्राउ परेका हुन् । 

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार दिउँसो उनीहरू लागूऔषध सहित पक्राउ परेका हुन । ओम प्रकाश चौधरीलाई बेलौरी नगरपालिका–७ कालोपुलबाट लागूऔषध २ ग्राम ३५ मिलिग्राम सहित पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

अरूण रानालाइ भीमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टरबाट लागूऔषध २ ग्राम ८२ मिलिग्राम सहित बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

चौधरीलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो भने, रानालाई इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकी बाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Loading...