

धनगढी- कैलालीको धनगढीबाट तस्करीको सामान सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–४ मा रहेको हरि ओम हार्डबेयर एण्ड सप्लायर्सका सञ्चालक भारतको लखिमपुर जिल्लाको पलिया कला खिरीका ४४ वर्षीय आशिष गुप्ता पक्राउ परेका छन् । उनलाई भारतबाट भन्सार छलि ल्याएका चोरी पैठारीका सामान सहित पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।



उनलाई आइतबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । गुप्ता हाल धनगढी उपमहानगरपालिका–३ बस्दै आएका छन् । गुप्तालाई उनकै हार्डवेयरको गोदाममा भारतीय युपि ३१ टी ७७११ नम्बरको ट्रकमा सामान लोड गर्दै गरोको फेला पारेको थियो ।


ट्रकमा लोड गरिरहेका मिक्चर मेसिन, डिस्क डल सात सेट, कल्टीभेट, पम्पीङ टायर, अटो रीक्साका टायर, फट्टा पाइप गरि ४० लाख ४ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । बरामद गरेको सामानर र ट्रक सहित मानिसलाई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।