बैतडी- धनगढीबाट बैतडी गएको कार दुर्घटनामा परेको छ । धनगढीबाट गोकुलेश्वर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ च ३८२१ नम्बरको कार महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको खोचलेक नजिक दुर्घटनामा परेको हो ।



दुर्घटनामा परि कार चालक बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोलाका नरेन्द्र भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका– ९ का शेर बहादुर बोहरा घाइते भएका छन् । बैतडी प्रहरीका अनुसार उनीहरूलाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ । कार दुर्घटनाको कारण खुलेको छैन । सडकबाट कार एक सय ५० मिटर तल खसेको छ ।


जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ ।





