बलात्कारको आरोपमा वडा सचिव पक्राउ





अत्तरिया, ९ साउन- भजनी नगरपालिका वडा नम्बर ४ का वडासचिव बलात्कार आरोपमा पक्राउ परेका छन् ।



प्रहरीले वडा सचिव सुमनकुमार चौधरीलाई एक स्थानीय महिलाको बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीमा एक महिलाले आफूलाई बलात्कार गरेको आरोपमा असार १८ गते उजुरी दर्ता गरेकी थिइन् । जिल्ला प्रहरीको आदेशमा वडा सचिव चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । उनलाई जिल्ला चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रतिक विष्टले बताए ।


वडाध्यक्ष जन्ताराम चौधरीले वडा सचिव र उक्त महिला बीच पुरानो सम्बन्ध रहेको बताए । सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएका हुन सक्ने उनले बताए । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाको बारेमा अनुसन्धानपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।



