

अत्तरिया- हनुमान जयन्ती को अवसर पारेर कैलाली को गोदावरीमा विशेष पुजा एवम् प्रसाद बितरण कार्यक्रमको आयोजना गरिएको छ । हनुमान सेवा समितिले मंगलबार कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा भक्तजनहरू लाई प्रसाद बितरण गरिएको थियो ।



समितिका अध्यक्ष नरेन्द्र शाही को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि स्वामी लोमस गिरी महाराज रहेका थिए । कार्यक्रम को संचालन समितिका सदस्य टीका दत्त जोशीले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष डम्बर पालले गरेका थिए ।


कार्यक्रममा विभिन्न ब्यक्तिहरू लाई सम्मान समेत गरिएको थियो । गोदावरीमा समितिले यस क्षेत्रकै ठूलो हनुमान को मन्दिर स्थापना गरेको छ । ५ करोड बढी को लगानीमा ६७ फिट अग्लो श्री राम जानकी मन्दिर निर्माण को कार्य समितिले जारी राखेको छ । यद्यपि बजेट सहयोग बाट नै जुटाउनु पर्ने भएकाले भने जस्तो छिटो कार्य हुन नसकेको समितिका अध्यक्ष शाही ले बताए ।
कार्यक्रममा सहभागी अतिथिहरूले गोदावरी क्षेत्रका विभिन्न धार्मिक उपसमितिहरु लाई एउटै छातामुनी राखेर वृहत गोदावरी क्षेत्र विकास बनाउनु पर्ने मा जोड दिएका थिए ।