क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोदावरीको संगठन सुद्रिढिकरण तथा विस्तार अभियान गेटाको भैरव टोलमा सम्पन्न 

अत्तरिया- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गोदावरी नगर कमिटी कैलालीको संगठन सुद्रीढिकरण तथा विस्तार अभियान सञ्चालन गरिएको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी गोदावरी नगरपालिका वडा नं. ५ गेटाको भैरव टोलमा सम्पन्न गरिएको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका गोदावरी नगर सचिव कमरेड राम भाटको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पार्टी कै केन्द्रीय सदस्य कमरेड दिनेश थापा समुद्र प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथि क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य तथा नगर इन्चार्ज टंक कोइराला रहेका थिए । अतिथिहरूमा वैज्ञानिक रूपान्तरण का लक्ष्मी भट्ट, न्युज ग्लोबल फोर्सका नारायण पाण्डे, मिना कडाल, बसन्ती थापा, श्याम नेपाली लगायत थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समुद्रले अहिले दलित समुदायमा क्रिश्चियन धर्म लोकप्रिय भएको छ । लिङ्ग धर्म वर्ग आदिमा समस्या छ । माओवादी जनयुद्धबाट केही परिवर्तन अवश्य भएको दलित अधिकार महिला अधिकार पिछडिएका वर्ग तथा गणतान्त्रिक राष्ट्र आदि फाइदा भएको देख्न सकिन्छ । हामीहरू अझै वैज्ञानिक समाजवादको लागि लड्नेछौँ । समुदायको वन भन्ने असल अभियान हुँदा हुँदै सरकारले वैज्ञानिक वनको अवधारणा ल्याएको छ यसको हामी विरोध गर्छौं

वैज्ञानिक वनमा तारबार गरिने र गाईबाख्रा पालन गर्न पनि नपाइने हुनाले यो वैज्ञानिक छैन । हामीहरुले नगरपालिका वडा वन समुदाय खानेपानी आदि ठाउँहरूमा निगरानी गर्नुपर्छ । यथा स्थितिवादीहरूले देशको समस्याको बारेमा सोच्दैनन् निर्मला पन्त, भागवती भट्ट आदिका केसहरूको विरुद्ध आवाज उठाउँदै आएको यहाँका बुद्धिजीवीहरूले आफ्नो छोराछोरीहरुलाई राम्रो निजी विद्यालयमा पढाउने गरिब विद्यार्थीहरूको लागि सरकारी स्कुलमा पठाउने विभेद छ । तपाईहरुका समस्या हल गर्न पार्टीको तर्फबाट सधैं तयार हुने उनले बताए ।

विशिष्ट अतिथि टंक कोइरालाले सुकुम्बासी समस्या राष्ट्रिय स्तरको समस्या भएकोले यसलाई राष्ट्रिय स्तरबाट समाधान गरिने हामीहरूले सत्ता परिवर्तन गरेपछि गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारी आदिको सबैलाई व्यवस्था गर्ने बताए । ‘किसानको लालपुर्जाको समाधानका लागि नगरपालिका घेर्नु पर्ने भए तयार हुने छौं ।’ उनले भने, ‘हामीहरूको ठूलो संगठन भएपछि जनताहरूका समस्याहरू जनताहरूका समस्याहरू हल गर्न सक्ने छौं ।’

कार्यक्रममा १७ सदस्य ५ नम्बर वडा कमिटी बनेको थियो । अध्यक्ष तारा बिक, सदस्यहरू जगुली बिक नारुदेवी कठायत, शारदा कामी, सीता कामी, देवसरा पार्की बिक, वीर बहादुर बिक, पुष्कर लुहार, लोक बहादुर बिक, सुस्मिता बिक, सम्झना बिक, लक्ष्मी देवी बिक, सरस्वती नेपाली, पवित्रा बिक, सीता दमाईधनसरा बिक लगायतको कमिटी बनेको छ ।

Loading...