बाजुराका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिकाका दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्।

Dadeldhura hospital

बिहीवार दिउँसो बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर २ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। भने तीन जना बालिकाको सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यी बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास भैरहेको प्रहरीले जनाएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Loading...