बैतडीको निङ्गलाशैनी भगवती मन्दिरमा १८९ राँगाको बलि

Dadeldhura hospital

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा एक सय ८९ राँगा बोकाको बलि चडाइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा चैते–दशैँको अवसरमा मंगलबार एक सय ८९ राँगा र एक सय बोकाको बलि चडाइएको हो ।

Ganyapdhura gau

निङ्गलाशैनी भगवती मन्दिरमा जिल्लाकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ । भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको निङ्गालशैनी धार्मिक सेवा समितिका कोषाध्यक्ष चक्रबहादुर  बोहराले  बताए ।

Couple
Loading...