


कैलाली- कैलालीमा लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१ चौमाला बजारबाट १४० मिलिग्राम लागूऔषध सहित सोही स्थानका २० वर्षीय समिर खड्का पक्राउ परेका हुन् ।


शनिबार बिहान प्रहरीले उनलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध फेला परेपछि खड्कालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनी माथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





