कैलालीको धनगढीमा बिजी इन्फोटेकले गर्‍यो आफ्नो सेवा शुरु

धनगढी- कैलालीको धनगढीमा  बिजी इन्फोटेकले आफ्नो सेवा शुरु गरेको छ । शनिबार नयाँ वर्षको अवसर पारेर उक्त संस्थाको शुभारम्भ गरिएको हो । शिक्षाबिद डा. हेमराज पन्तले उक्त कम्पनीको रिबन काटेर उद्घाटन गरेका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढीको तारानगरमा ३० लाखको लगानीमा संस्था सन्चालनमा आएको हो । आइटी इन्जिनियर सन्देश बोगटी र  मिन बोगटीले उक्त संस्था सन्चालनमा ल्याएका हुन् । BG Infotechs of web devlopment, App development, Digital marketing, Web hosting, Social media हम्ब्लिङ र  It training आदि विषयमा काम गर्ने छ ।  

Navadurga sun
Godawari sandesh

Manually भईरहेका कार्यहरूलाई अब  Digitalization प्रविधिबाट गर्ने कम्पनीका सन्चालक  सन्देश बोगटीले बताए  ।  IT sector मा सुदूरपश्चिममा रहेर अब प्रभावकारी ढङ्गले काम गर्ने कम्पनीको दाबी रहेको छ ।

उद्घाटन कार्यक्रममा नेपाली  कांग्रेस कैलालीका जिल्ला सचिव निर्प सुनार, गोदावरी-१० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डू), कांग्रेस गोदावरीका पूर्व नगर सभापति हेमप्रकाश उप्रेती, कांग्रेसका पूर्व क्षेत्रिय सचिव लोकराज पाण्डे ‘आगो’, कांग्रेस नेता सुरत कार्की, कमल कडायत, बिक्रम खड्का,  अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, कोषाध्यक्ष हेम भण्डारी, सदस्यहरू ज्ञानेन्द्र खड्का,  बम बहादुर बोगटी लगायतको उपस्थिति रहेको थियो । 

Loading...