दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा विद्यार्थीहरूको स्वागत 

अब शिक्षा प्रणालीलाई प्राविधिक शिक्षामा अगाडी बढाउनु पर्ने : नगर प्रमुख भट्ट

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा न.२ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको स्वागत, विविएस् चौथो वर्षको बिदाई कार्यक्रम तथा आधुनिक सुविधा सम्पन्न चमेना गृह भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रममा स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई अबिर तथा डटपेन कापी बितरण गरी स्वागत गरेको हो ।

कार्यक्रमको सभाध्यक्षता स्ववियु सभापति भुवन महरा रहनु भएको कार्यक्रमको प्रमुख अथिती गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहनु भएकाे थियो भने विशिष्ट अथिती गोदावरी नगरपालिका उप प्रमुख शारदा देवी रोकाया, निवर्तमान क्याम्पस प्रमुख डा. डम्मर पाल, वर्तमान क्याम्पस प्रमुख डा. नरेन्द्र बहादुर ऐर, स्थापक पुर्व क्याम्पस प्रमुख गिरिराज कडायत लगायत प्राध्यापक, विद्यार्थी, समाजसेवीको उपस्थिति रहेको थियो । 

Navadurga sun
oplus_2

उक्त कार्यक्रमको उद्घाटनमा प्रमुख अथिति तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पानसमा दीप प्रज्वलन र शिलापत्रलाई अनुवरण गरी विधिवत रुपमा उद्घाटन गरी उहाँले यस क्याम्पसका लागि नगरपालिका सकारात्मक सोचका साथ अगाडी बढी रहेको र अब शिक्षा प्रणालीलाई प्राविधिक शिक्षामा अगाडी बढाउनु पर्ने बताउनु हुँदै गोदावरी नगरपालिकाले जे जति सहयोग गर्न सकिन्छ सबै सहयोग गर्न तयार रहेको बताएका छन ।

२०६३ साल देखि क्याम्पसको रुपमा संचालित यस क्याम्पसमा हाल ३ हजार विद्यार्थी अध्ययनरत रहेका छन । यस दुर्गा लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीको खाजा खानको लागि गोदावरी नगरपालिकाले चमेना गृह भवन निर्माणका लागि २८ लाख ९० हजारको लगानीमा निर्माण गरिएको हो ।

यो क्याम्पस गोदावरीको मात्र नभएर सम्पूर्ण सुदूरपश्चिमको गौरवको रुपमा रहेको प्रमुख केन्द्रमा रहेको यस क्याम्पसबाट सयौँ विद्यार्थी अध्ययन गरी अगाडि बढेका छन । यस क्याम्पसको विकास र अगाडि बढाउनका लागि यस क्षेत्रका विद्वान तथा अग्रजको सहयोग बाट अगाडि बढेको छ, यस क्याम्पसको विकासका लागि मेरो अध्यक्षतामा बढेको क्याम्पसमा घरदैलोमै बसेर प्राविधिक शिक्षाको पढाई गर्न सफल भएका छौ । 

प्रत्येक विद्यालयमा व्यावसायिक तथा प्राविधिक शिक्षा तर्फ अगाडि बढाउनु पर्छ भनेर हामीले नीति कार्यक्रममा पनि ल्याएका छौ । प्राविधिक शिक्षा हासिल गरेर आफ्नो सानोतिनो व्यवसायको रुपमा काम अगाडि बढाउने वातावरण सिर्जना गरेर अगाडि बढेका छौ । विद्यार्थीहरूले अब आर्थिक क्रान्तिलाई लिएर समृद्धिको मूल बाटो भनेकै आधुनिक कृषि प्रणाली, प्राविधिक शिक्षा नै भएकाले यस क्षेत्रमा पनि ध्यान दिन अनुरोध गर्दछु ।

यस क्याम्पस हरेक क्षेत्रमा नगरपालिकाको महत्त्वपूर्ण सहयोग रहने नगर प्रमुख भट्टले प्रतिवद्धता समेत गर्नु भएको छ । उक्त कार्यक्रम क्याम्पसका प्राध्यापक हर्क साउदको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी बम बहादुर विक र ज्योति शाहुले गरेका थिए ।

ADD Khali jpg
Loading...