दार्चुलामा हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर मृत्यु






दार्चुला, ७ साउन- दार्चुलाको अपि हिमाल गाउँपालिका–५ मकरीगाडमा निर्माणाधीन मकरीगाड हाइड्रोपावरमा कार्यरत एक जना ओभरसियरको ढुंगा लागेर मृत्यु भएको छ ।
हाइड्रोपावरको पाइपलाइन खन्ने क्रममा खसेको ढुंगा लागेर ओभरसियर गणेशसिह बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अपिहिमाल गाउँपालिका ३ घर भएका बोहरा निर्माणाधीन १० मेगावट मकरीगाड हाइड्रोपावरमा ओभरसियरको रुपमा कार्यरत थिए । ढुंगा लागेर बोहराको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।



