कैलालीका ४ युवक लागूऔषध सहित पक्राउ

धनगढी- कैलालीका ४ युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ बुद्धचोक स्थित जन आवाज नजिकबाट २ ग्राम ५७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित कैलारी गाउँपालिका-८ बस्ने २४ वर्षीय सन्जु चौधरी सहित तीन जनालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरु बस्ने कोठाबाट चामलको बोरा भित्र लुकाई राखेको अबस्थामा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित तीनै लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्र सिंह बोहोराले बताए ।

Navadurga sun
Godawari sandesh

यसैगरी घोडाघोडी नगरपालिका–१० आमखैया जंगल स्थित १०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित गौरीगंगा नगरपालिका–९ शंकरपुर बस्ने २८ वर्षीय अनिल बहादुर भुललाई सोमवार राति प्रहरीले पक्राउ गरेको छ । भुललाई इलाका प्रहरी सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...