खेम बतासको कथासंग्रह ‘बुढीपोल्ली’ विमोचन

अत्तरिया – खेम बतासको कथासंग्रह ‘बुढीपोल्ली’ विमोचन गरिएको छ । शनिबार काठमाडौंको शिल्पी थिएटरमा समालोचक बिन्दु शर्मा, कवि/कथाकार बिना थिङ, कवि सोझो गाउँले र पत्रकार फणीन्द्र संगमले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

Ganyapdhura gau

खेम बतासद्वारा लिखित कथासंग्रह ‘बुढीपोल्ली’ले सुदूरपश्चिमको आञ्चलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरूले बताएका छन् । पुस्तक विमोचन सँगै भएको बहसमा सहभागी वक्ताहरूले गरिब, दलित, भूमिहीन जस्ता भुइँमान्छे प्रति लेखकको सहानुभूति सकारात्मक देखिएको बताए ।

Navadurga sun
Godawari sandesh

विमोचन पछि पत्रकार फणीन्द्र संगमले बहसको सहजीकरण गरेका थिए। लेखक/समालोचक बिन्दु शर्माले आञ्चलिकता र स्थानीय भाषा प्रयोगमा लेखक सबल रहेको बताइन्। ‘सदियौं देखि चलिरहेको सांस्कृतिक उत्पीडनप्रति असहमति प्रकट गर्दै लेखकले नयाँ चेतनाको खोजी गरेका छन्,’ उनले भनिन् ।

Dadeldhura hospital

नेपाली साहित्यमा मानक भाषा र कुनै भाषिका वा मातृभाषाप्रति द्वन्द्व नरहेको उनको भनाइ थियो । छाउपडी प्रथासँग सम्बन्धित कथा ‘मान्छे हराएको सूचना’ को प्रसंगमा उनले मान्छे सामाजिक सोचसित डराउने भएकाले त्यो सोच बदल्नुपर्ने बताइन् । ‘छाउ नमान्दा देउता रिसाउने भए छाउगोठ होइन देउताका मूर्ति भत्काउनुपर्छ,’ उनले भनिन् ।

कवि/कथाकार बिना थिङले लेखक महिलाको विषय र चरित्र निर्माणमा सकारात्मक देखिएको बताइन् । कथामा धेरै पात्रको आउजाउ भइरहँदा मूल पात्र नै ओझेलमा परेको उनको टिप्पणी थियो। ‘केही कथाका महिला पात्र विद्रोह गर्न तयार छैनन् तर केहीमा भने त्यो संकेत देखिएको छ,’ उनले भनिन् । ‘लेखकले आफ्नो भूगोलको कथा लेख्ने हो । बुढीपोल्लीमा सुदूरपश्चिमका कथाव्यथा छन्,’ उनले थपिन्, ‘यो नेपाली साहित्यका लागि फरक स्वाद पनि हो ।’

कथाकारले उठाएका मुद्दामा आफू सहमत भएको भन्दै लेखक राजन मुकारुङले यी कथा सुदूरपश्चिमको मात्र नभई नेपालभित्रैका कथा रहेको भनाइ राखे। कवि सोझो गाउँलेले खेमका कथा परिवेश र उद्देश्यमा निकै सफल रहेको भन्दै प्रशंसा गरे। ‘सामाजिक कुरीति र विभेद विरुद्ध लेखकले क्रान्ति नै गरेका छन्,’ उनले भने, ‘सुदूरको सांस्कृतिक पक्षलाई बलियोसँग उठाइएको छ ।’

कवितामा व्यक्त गर्न नसकिएका विषयलाई कथामा उठाउनकै लागि ‘बुढीपोल्ली’ जन्मिएको लेखक खेमको भनाइ थियो । १२ लामा कथा संगृहीत पुस्तकलाई माया पब्लिकेसनले बजारमा ल्याएको हो ।

Couple
Loading...