नेविसंघले गर्यो  सञ्जीव अयडीलाई शहीद घोषणा

बाजुरा- नेपाल विद्यार्थी संघले २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सरकार पक्षबाट गोली हानी हत्या गरिएका नेपाल विद्यार्थी संघका नेता सञ्जीव अयडीलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको चैत २२ गते बसेको प्रथम ऐतिहासिक  बैठकले राज्यपक्षबाट त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मतदान केन्द्रमा नेपाल प्रहरीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) ले  राजनीतिक उक्साहटमा गोली हानेर हत्या गरिएकाले अयडीलाई शहीद घोषणा गर्ने निर्णय गरेको नेविसंघका केन्द्रीय सदस्य दिनेश शाहीले बताएका छन् ।

Navadurga sun

शाहीले अयडीलाई प्रहरी निरीक्षक थापाले अमुक राजनीतिक दलका नेताहरूको उक्साहटमा अयडीको गोली हानेर मृत्यु भएकाले शहीद घोषणा गर्न बैठकमा माग समेत गरेका थिए ।

नेविसंघका मुख्य सचिव विजय खड्काले हस्ताक्षरित गरेको जारी प्रेस विज्ञप्तिमा मृतक अयडीलाई शहीद घोषणा र गोली हान्ने प्रहरी निरीक्षक थापाले गम्भीर मानव अधिकार उल्लंघन गरेकोले कारबाहीको दायरामा  ल्याउन नेपाल सरकार र गृह मन्त्रलाय संग जोडदार माग गर्ने निर्णय गरेको छ ।

अयडीको मतदान केन्द्रमा प्रहरी निरीक्षक थापाले गोली हानेर मृत्यु भएपछि उत्पन्न भएको विवादपछि अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीको समेत मृत्यु भएको थियो ।

चेतनको हत्याको आरोपमा १३ जनालाई जिल्ला अदालत बाजुराले पुर्पक्ष थुनामा जिल्ला कारागार बाजुरामा जेल चलाउन गरेको छ । भने ११ जनामा धरौटीमा छुटेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...