परीक्षाफल प्रकाशनमा  नआउँदै पाठ्यपुस्तक विद्यालयमा

बाजुरा– वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीले परीक्षाफल प्रकाशन गर्नु अगावै पाठ्यपुस्तक पाउने भएका छन् । गत वर्ष नयाँ भर्ना गरेको छ महिना हुँदा सम्म पाठ्यपुस्तक नपाएका विद्यार्थीले यस पटक छिट्टै पाउने भएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेको छ। स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पुर्‍याइसकेका छन् । विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । बाजुरा जस्तो दुर्गम जिल्लालाई यस वर्ष भने पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।

Navadurga sun
Godawari sandesh

धुरालसैन माविका छात्र जीवन शाहीले यो वर्ष विद्यालयमा भर्ना हुनुअगावै हातमा किताब पाउने अपेक्षा गरेको बताए । उनले भने, “यो वर्ष शिक्षकहरूले समयमै विद्यालयमा किताब आउने भनेपछि खुसी लागेको छ ।” विद्यालयले परीक्षाफल प्रकाशन गर्नुअगावै यो वर्ष पुस्तक बिक्रेताले किताब लिन बोलाएको बुढीगङ्गा नगरपालिका–१, धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले बताउनुभयो । पुस्तक बिक्रेताले किताब पुगेको खबर गरेकाले यो वर्ष भर्नाकै दिन विद्यार्थीको हातमा किताब थमाइदिने योजना रहेको उनले बताए ।

गत वर्ष जनक शिक्षाले नै किताब छपाइमा ढिलाइ गरेका कारण समयमै किताब उपलब्ध गराउन नसकिएको बाजुराका पुस्तक बिक्रेताले बताएका छन् । जनक शिक्षाले समयमै किताब उपलब्ध गराएपछि विद्यालयलाई वितरण गर्न लागेको प्रवीण एन्ड ललित स्टेसनरी बाम्का बजारका पुस्तक बिक्रेता टेक बहादुर थापाले बताए । त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकाको विद्यालयका लागि सात हजारभन्दा बढी सेट किताब ल्याएर पसलमा राखिएको छ । हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडिमालिका त्रिवेणी र बुढीगङ्गा लगायतका पालिकामा २३७ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।

Loading...