धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुँदै

कैलाली- धनगढी-खुटिया-बिपीनगर-दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडक अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्न थालिएको हो ।सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडक खण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले जानकारी दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दिपायलको तिखा–मेल्लेख सडक खण्डको १५ किलो मिटर सडक कालो पत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडक खण्डको १५ किलो मिटर सडक कालो पत्र भइरहेको छ । आयोजना अन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ ।

Navadurga sun
Godawari sandesh

धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी सँग २०७८ मा पिपलचौतारा देखि स्याउले महेन्द्र राजमार्ग भन्दा तीन किलो मिटर अगाडि १३ दशमलव ४ किलो मिटरमा कालो पत्र गर्न भ्याट बाहेक १६ करोड ४० लाख रुपैयाँ मा सम्झौता भएको इन्जिनियर रैखोलाले बताएका छन् । रासस

Couple
Loading...