राष्ट्रिय महिला उद्यमी समिति सुदूरपश्चिम प्रदेश भेला सम्पन्न

१४ सदस्यीय प्रदेश महिला कमिटी गठन 


अत्तरिया- नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ राष्ट्रिय महिला उद्यमी समिति सुदूरपश्चिम प्रदेश भेला सम्पन्न गरेको छ । बुधबार अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयमा सम्पन्न गरेको हो । 

राष्ट्रिय महिला उद्यमी समिति कि सुदूरपश्चिम सदस्य जानकी चौधरी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व माननीय निरा देवी जैरु रहेका थिए ।  त्यस्तै विशिष्ट अतिथि नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ट र महासंघ कै सल्लाहकार हिक्मत दोर्जे थिए । 

Navadurga sun
Godawari sandesh

कार्यक्रममा प्रमुख अतिथि निरा देवी जैरुले अझै पनि सिलाइ कटाई सीप लाई जात सँग जोडने गरेको पाइन्छ । उनले भने, ‘जातीय भेदभाव कायम रहेका, युवाहरू विदेशमा जानु पर्ने बाध्यताले विकल्प न पाएको, स्वदेशी अल्लो इत्यादि बाट कपडा बनाउने काममा लगाएर युवाहरू लाई स्वदेश मै राख्नु पर्ने, नयाँ वर्ष २०८१ सबैको सुखमय बनोस । म राज्यका तर्फ बाट गर्नु पर्ने सहयोग र मेरो व्यक्तिगत सहयोगको लागी सक्दो कोसिस गर्ने नै छु।’

Dadeldhura hospital

कार्यक्रममा निरा देवी जैरु, राम कृष्ण श्रेष्ट, हिम्मत दर्जि, रुपलाल परियार, संगिता लामिछाने, खगेन्द्र जैरु, रतन परियार, दुर्गा श्रेष्ट, प्रेम कुस्मी, राम प्रसाद श्रेष्ट, जानकी चौधरी, सालिक राम बाग लगायतको उपस्थिति रहेको थियो । यो महासंघ २०५४ सालमा स्थापना भएको थियो । 

कपडा तथा सिलाई कटाई सीप सिकेर स्वरोजगार भएका महिलाहरूका हक हित र अधिकारका लागी लड्ने, यो पेसा सीप सँग जोडिएको हुँदा सीपमुलक कार्यक्रमहरूको आयोजना गर्दै जाने, सिटिभिटि दिँदै आएका तालिमहरूमा महिला सहभागिताको वृद्धि गर्ने, महिलाहरूलाई यस संस्थाले केके गरिरहेको छ सबैले थाहा पाउनु पर्ने बताइन् ।

हरेक सङ्गठित संस्थाले आफूहरू सङ्गठित भएर आ-आफ्नो अधिकार खोजी रहेको समयमा हामीहरू पनि सङ्गठित भएर लाग्नु पर्ने महिलाहरूलाई प्रोत्साहन गर्दै महिला र पुरुषको समान हक सुरक्षित गर्नु पर्ने सिलाई बुनाई छेत्रमा पुरुष भन्दा महिलाहरूको सहभागिता बढी भएकाले उनीहरूको हौसला बढाउनु पर्ने अधिकांश बक्ताहरुको भनाइ रहेको थियो ।  प्रमिला सुबेदीले स्वागत मन्तव्य राखेकी थिइन भने उक्त कार्यक्रमको सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन् । 

महासंघको १४ सदसिय प्रदेश महिला कमिटीको गठन :
कार्यक्रमको समापन गर्नु अघि महासंघको १४ सदस्यीय प्रदेश महिला कमिटीको गठन गरिएको थियो । जसको संयोजक जानकी चौधरी, सचिव प्रमिला सुवेदी, कोषाध्यक्ष कँचन चौधरी, सदस्यहरूमा चम्पा बोहरा, कमला देवी चौधरी, शान्ति थापा, सरस्वती देवी, ईश्वरी देवी भट्ट, पार्वती सावद, फुलमती दहित, दिप शिखा चौधरी, सरिता चौधरी, सरस्वती तिरुवा र लक्ष्मी कुमारी भट्ट रहेकी छन् ।

Loading...