गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु

अत्तरिया- कैलालीको गोदावरीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

गोदावरी नगरपालिका वडा नम्बर-८ स्थीत खुटीया नदीमा अर्धचेत अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको पुष्टि भएको हो। उनी गोदावरी नगरपालिका वडा नम्बर-९ बल्मीका ५५ वर्षीय श्याम दमाई रहेको बताईएको छ।

Navadurga sun
Godawari sandesh

मानसिक बिरामीसमेत रहेका उनी हिजोदेखि सम्पर्क विहीन रहेका थिए। दमाईको मृत्यु भईसकेको र शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बरालले बताए।

मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। खुटीया पुल मुनि आज बिहान पुरुषलाई अर्धचेत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय मालाखेतीले घटना सम्बन्धी थप अनुसन्धान भईरहेको जनाएको छ।

Loading...