धनगढी- धनगढी ५ शिवनगर स्थित चैतन्य पतञ्जलि योग केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । चैतन्य पाठशाला भित्र नियमित रूपले योग अभ्यास सञ्चालन गर्दै आएको योग केन्द्रको प्रथम वार्षिक उत्सव सम्पन्न भएको हो ।






गतवर्ष देखि हुँदै आएको चैतन्य पतञ्जलि योग केन्द्र, समुदाय र अभिभावकहरूको लागि आरोग्य जीवन यापन गर्न योगाभ्यास अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रधानाध्यापक कटक बहादुर सिंहले जानकारी दिए । हाम्रा ऋषि मुनिद्वारा हजारौं वर्षको साधना बाट स्थापित गरेका जीवनशैली र जीवन र जगतको रहस्य सँग जोडिएका मानवीय चेतनाको उच्चतम स्तर नै योग भएकोले योग आजको समयमा अतिआवश्यक रहेको बताए ।





धनगढीमा चैतन्य पाठशाला एक मात्र नियमित योग केन्द्र सञ्चालन गरिरहेको विद्यालयले यसलाई नगरभित्र उत्कृष्ट व्यवस्थापन गर्दै समुदायलाई जोड्दै लगिने बताइएको छ । चैतन्य पतञ्जलि योग केन्द्रका प्रभारी गोरख बहादुर खातीले दिपप्रज्वलन गरी उद्घाटन गरेको थिए । उद्घाटन कार्यक्रममा बोल्दै योग केन्द्रका प्रभारी खातीले एक वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण योगसाधक जोगीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
चैतन्य योग केन्द्रले समुदायमा योगको चेतना र शिक्षा प्रदान गर्दै योग शिविर तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने कुरा व्यक्त गरेका छन् । चैतन्य पाठशाला योगकेन्द्रमा ७ जना तालिम प्राप्त प्रशिक्षक हरूलाई सम्मान गरेका छन् । केन्द्रमा हरेक दिन बिहान ५ देखि ६ः ३० बजेसम्म सर्वसाधारणलाई निःशुल्क योग अभ्यास गराइने गरिएको छ ।




