एमाले बैठक आज दिउँसाे बस्दै

काठमाडौं, ५ साउन- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दिउँसो तीन बजे बस्दैछ । सोमबार शुरु भएको दशौं केन्द्रीय कमिटी बैठक दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । सोमबार सोधिएको स्पष्टीकरणबारे समेत आज निर्णय हुने तामाङले बताए ।

Navadurga sun

यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...