बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसबाट १० जना सिफारिस

बझाङ– आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आज बसेको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाको नाम सिफारिस गरेको हो ।

Dadeldhura hospital

कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको कांग्रेस प्रवक्ता रमानन्द जोशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

प्रवक्ता जोशीका अनुसार सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् ।

बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

Loading...