लायन्स क्लब अफ धनगढी भिजनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

धनगढी- लायन्स क्लब अफ धनगढी भिजनको आयोजना तथा रक्तसंचार केन्द्र धनगढीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

Ganyapdhura gau
Dadhaldhura pur

लायन्स क्लब अफ धनगढी भिजनका अध्यक्ष लायन पवन शाहको सभापतित्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि एओजी लायन चेत राज पनेरु, विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी, क्लबका संस्थापक अध्यक्ष सुरेश अवस्थी रहेका थिए भने कार्यक्रमको संचालन क्लबका प्रथम उपाध्यक्ष खेम राज उपाध्यायले गरेका थिए ।

Navadurga sun

कार्यक्रममा लायन्स क्लब अफ धनगढी भिजनका पदाधिकारीहरु, बस व्यवसायी समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।धनगढी उपमहानगरपालिका वडा ४ स्थित गौरीशंकर विजनेश प्रालिको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत संकलन गरिएको क्लबका सचिव जयन्द्र स्वाँरले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...