अत्तरिया- नेपाली काँग्रेस गोदावरी नगरसमितिका सचिव रहेका अशोकराज देवकोटालाई निलम्बन गरेको छ । आज शनिवार कांग्रेस गोदावरी नगरसमितिको कार्यसमितिको बसेको बैठकले सचिव रहेका देवकोटालाई निलम्बित गरेको हो ।






सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियाको नक्कली टिकट ठेली प्रकरणमा मुछिएका थिए । अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले बताए ।





उक्त घटनामा निस्पक्ष छानबिन होस भन्दै देवकोटालाइ छानबिन अवधी सम्मका लागि निलम्बन गरिएको उनले जानकारी दिए । अत्तरिया उद्योग वाणिज्य संघले लगाएको आठौ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट भेटिएका थिए । उक्त प्रकरणमा विभिन्न व्यक्तिहरुको नाम मुछिएको थियो ।




