वैद्यनाथ धाममा कोटी होममा हवन गर्दा जलेको हवनकुण्ड पुनः निर्माण

अछाम- अछामको वैद्यनाथ धाममा कोटी होममा हवन गर्दा जलेको हवनकुण्ड पुनः निर्माण गरिएको छ । शनिबार हवन गर्ने क्रममा आगलागीबाट हुँदा धामको प्रमुख हवनकुण्ड जलेको थियो ।

Ganyapdhura gau

उक्त हवन कुण्ड आईतबार पुनःनिर्माण गरेर फेरी पूजाआजाको काम सुरु गरिएको कोटिहोमका अध्यक्ष शेर बहादुर कुँवरले जानकारी दिए । हवन कुण्ड निमाणर्संगै क्षमायाचना पुजा गरेर नियमित रुपमा कोटिहोममा हवन कार्यको सुरुवात भएको कुँवरले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार हवनकुण्ड निर्माणका लागि दक्ष मिस्त्री, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, लायन्स क्लव, मानवसेवा फाउण्डेसन तथा आयोजक लगायतका संस्था एवम् व्यक्तिहरु खटिएका थिए । सबैको अथक प्रयासका कारण आगलागीका कारण क्षति भएको एक दिन नवित्दै हवन कुण्ड पुनःनिर्माण भएर पूजाआजको काम सुरु भएको अध्यक्ष कुँवरले बताए । निर्माण कार्य थालेको ८/९ घण्टा भित्र कुण्ड पूणर् रुपमा निर्माण भएको उनको भनाई छ ।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्तित्वक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूणर् रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोमको आयोजना भएको हो । वैद्यनाथ धाममा आयोजित कोटिहोममा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएका छन ।

कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरि रहेका छन । कोटिहोम महायज्ञ फागुन २५ गते महाशिवरात्रीको दिन सम्म चल्ने आयोजकले जनाएको छ ।

Couple
Loading...