ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर

अछाम- घरभित्र सुताइ राखेको ओछ्यानमा आगो सल्किएर एक शिशु गम्भीर घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका-८ बारलाका विन्द्रा विकका ४५ दिनका शिशु गणेश विक गम्भीर घाइते भएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

घाइते गणेशको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि राती नै प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ । शिशुको बायाँतिरको शरीर जलेको बताइएको छ । आइतवार बेलुकी करिब ७ बजेर १५ मिनेटतिर घटना भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

घरको भान्सामा बेलुका खाना पकाई रहेको बेला अगेनाको छेउमा शिशुलाई सुताएर आमा बिन्द्रा घर बाहिर गएपछि ओछ्यानमा आगो सल्किएर बालक जलेको अछाम प्रहरीको भनाइ छ ।

Couple
Loading...