ऐश्वर्य विद्या निकेतन धनगढीले आफ्नो ४७ औं वार्षिकोत्सव मनायाे

धनगढी- ऐश्वर्य विद्या निकेतन धनगढीले आफ्नो ४७ औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार विद्यालय परिषरमा एक कार्यक्रमका बीच बार्षिकोत्सव कार्यक्रम मनाएको हो ।

वार्षिकोत्सव पानसमा दिप प्रज्वलन गरेर सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गरेका छन्। विद्यार्थी नै नभएका विद्यालयहरुमा नयाँ नयाँ भवन बनिरहेको बताउदै उनले प्रदेश सरकार त्यस्तो गतिविधि रोक्ने प्रयासमा लागेको बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले ऐश्वर्य विद्या निकेतनले प्रदेशको शिक्षामा महत्वपूर्ण योगदान पुगाएको चर्चा गरेका छन् । मुख्यमन्त्री शाहले विद्यालयको पुर्वाधारका लागि बसेर छलफल गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नृप बहादुर ओडको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक प्रेमनीधि ओझाले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य, नाटकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी, नर्सरी देखि कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थी, पुर्व ब्यवस्थापकहरुलाई सम्मानित गरिएको थियो ।

Loading...