आजबाट दिनेश खबर सातौ वर्षमा प्रवेश

धनगढी- दिनेश सञ्चार गृहले सञ्चालन गर्दै आएको दिनेश खबर डटकम सातौ औँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल फागुन १४ गतेदेखि सुरु भएको दिनेश खबरले ६ वर्ष पूरा गर्दै ७ औँ वर्षमा प्रवेश गरेको हो ।

Dadeldhura hospital

सुदूरपश्चिमको विकास र समृद्धिका मुद्दाहरुलाई प्राथमिकता दिदै आएको दिनेश खबरले अझ सशक्त रुपमा अगाडी बढ्ने जनाएको छ । दिनेश खबरले आगामी दिनमा अझ बलियो र खवरदारी पत्रकारिता गर्दै सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका मुद्दाहरु उठाउने दिनेश सञ्चार गृहले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

साथै दिनेश खबरलाई यहाँसम्मको यात्रामा सहयोग गर्ने पाठक विज्ञापनदाता सहयोगी शुभेच्छुक सबैलाई सञ्चार गृहले धन्यावद दिदै आगामी दिनमा पनि यस्तै सहयोग र मायाको अपेक्षा गरेको छ । विविध चुनौतिको सामना गर्दै दिनेश खबरले सक्रियतापूर्वक काम गरेको भन्दै सञ्चार गृहले संस्थामा कार्यरत सम्पूणर् पत्रकार एवं कर्मचारीहरुलाई धन्यवाद समेत दिएको छ ।

Loading...