कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीको ८ औं वार्षिकोत्सव सम्पन्न

अत्तरिया- कैलालीको अत्तरियामा रहेको किड्स जोन एकेडेमीको ८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच एकेडेमीको साँस्कृतिक कार्यक्रमका साथ ८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको हो ।

विद्यालयका प्रिन्सिपक मदन भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पुर्व दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. डम्बर बहादुर पाल रहेका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

प्रमुख अतिथि पालले नगर शिक्षाले नेपाल सरकारको निम्नतम मापदण्ड अनुसार भौतिक ब्यबस्थापन, शिक्षक कर्मचारी नियुक्ती तथा सेवा सुविधा, विद्यार्थीहरुको मनोभावना बुझेर अन्तरक्रिया द्वारा शिक्षण गर्ने, बिद्यार्थीहरुलाई अध्ययन अध्यापनका साथै अतिरिक्त क्रियाकलाप तथा बिज्ञान तथा प्रविधिको प्रयोग तर्फ उन्मुख गर्नु पर्छ । अभिभावकहरुले समय समयमा बिद्यालयमा गएर आफ्ना नानीहरुको पठनपाठनको बारेमा चासो राख्नुपर्छ । शिक्षकहरुलाई प्रोत्साहन गर्दै बढी तलब दिनु पर्छ । राम्रो पाठ्यपुस्तक लगाउनु पर्छ । निजी विद्यालयहरुमा प्रतिस्पर्धा गर्नु पर्छ । सुगा रटाइ होइन सृजनात्मक ज्ञान दिनु पर्छ र शिक्षा अभिभावक मुखि हुनु पर्ने बताए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले आ-आफ्ना प्रतिभाहरु प्रर्दशन गरेका थिए । त्यसका साथै कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । त्यतिमात्रै नभई कार्यक्रममा कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुले जनचेतनामुलक नृत्य, गायन सँगै अन्य क्रियाकलाप समेत प्रस्तुत गरेका थिए ।

Dadeldhura hospital

कार्यक्रमको समापन गर्दै किडस जोनका संचालक तथा प्रिन्सिपल मदन राज जोशीले स्कुलले राम्रो शिक्षादीक्षा दिदै आएको र यसमा सुधार गर्दै जाने र बिद्यालय अभिभावक प्रेमी भएको बताए । शिक्षाको क्षेत्रमा उत्कृष्ट भएको यस बिद्यालयमा बिद्यार्थी संख्या बढ्दै गइरहेको छ । भनले भने, हामि सबैको सहयोग र सल्लाह लिई अघि बढने छौँ ।

अहिलेको समय किताबी ज्ञान दिएर मात्रै सबैकुरा गर्न सकिन्छ भन्ने खालको छैन, यो समयमा सबै किसिमका सिपहरु विद्यार्थीलाई दिनुपर्ने हुन्छ’ उनले भने ‘त्यहि भएर मैले उक्त जिम्मेवारी बालबालिकाहरुलाई नै दिने गरेको छु, केही त्रुटी भएपनि बालबालिकाले सिक्ने अवसर पाउँछन, अभिभावकमा पनि आफ्नो बालबालिकाको प्रतिभा देख्ने अवसर दिएको जानकारी संचालक तथा प्रिन्सिपल जोशीले बताए ।

उक्त बार्षिकोत्सव कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सिपलहरु, अभिभावकहरु, शिक्षक शिक्षिका कर्मचारीहरु, विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

पिजि देखि ८ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल ५५० जना विद्यार्थिहरु अध्ययनर रहेका छन । विद्यालयमा १९ शिक्षक लगाएर २६ जना कर्मचारीहरु रहेका छन् ।

कार्यक्रमको संचालन किड्स जोनका बिद्यार्थीहरु समृद्धि भट्ट, रोसन बोहरा, स्मृति जोशी र प्रजोल भट्टले गरेका थिए ।

Loading...