कैलालीको चुरे गाउँपालिकामा भोली देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै

अत्तरिया- कैलालीको चुरे गाउँपालिकाले भोली (आइतबार) देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारको अभियान अन्तरगत गाउँपालिकाले भोलि (आइतबार) देखि बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्न लागेको हो ।

फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बहादुर बिष्टले जानकारी दिए । देश भरका ५१ वटा जिल्लाका ५७ हजार बालबालिकामा दादुरा-रुवेला विरुद्धको खोप लगाइने छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

पालिकाको स्वास्थ्य शाखाले दादुरा-रुवेला विरुद्धको राष्ट्रिय खोप अभियान अन्तरगत गाउँपालिका भित्रका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिन लागेको हो ।

उक्त खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पालिकाले ६ वटै वडा गाउँ टोल समुदायमा बालबालिकाहरूलाई तोकिएको समय भित्र स्थानमा गई खोप लगाउन सम्पुणर् चुरे गाउँ बासिन्दा जनसमुदायहरूमा स्वास्थ्य शाखा प्रमुख बिष्टले जानकारी दिए ।

दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रमण रोग हो । यो रोग कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । खोपद्धारा बचाउन सकिने रोग मध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो । दादुरा रोग लागे पछि निमोनिया, झाडापखाला, मेनिन्जाइटिस, कुपोषण जस्ता जटिलताहरूलाई बालबालिकाको ज्यान लिन सक्दछ भने छिटो भन्दा छिटो महामारीको रूप लिन पनि सक्दछ ।

दादुरा-रुवेलाको संक्रमण भए ज्वरो आउने र शरीरमा राता बिमिरा देखा पर्ने, रुघा खोकीको लक्षण चिन्हहरू ( नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।

Loading...