दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ

Dadeldhura hospital

दार्चुला- दार्चुलामा बैंकको एटीएम फोड्न खोज्ने एक जना पक्राउ परेका छन्।विहिबार राति जिल्लाको महाकाली नगरपालिका–४ सैनिक गेट अगाडी रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरी गर्न खोज्ने एक जना पक्राउ परेका हुन्। नगद चोरी गर्ने नीयतले एटीएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका–४ पोक्सेका २९ वर्षीय दिलेन्द्रसिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताए।

कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटीएम फोड्ने प्रयास गरेका थिए। बिहान मात्रै बैंकका कर्मचारीले एटीएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। एटीएम कक्षको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रवार दिउँसो साढे १२ सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको हो।

Navadurga sun
Godawari sandesh
Loading...