वेहडाबाबा मन्दिरमा महारुद्धि तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको वेहडाबाबा मन्दिरमा महारुद्धि तथा महामृत्युञ्जय अनुष्ठान लाग्ने भएको छ । मन्दिर व्यवस्थापन समितिले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरी अनुष्ठान लाग्ने बारे जानकारी दिएको हो । साउन एक गते बाट सुरु हुने अनुष्ठान ३२ गते सम्म सञ्चालन हुने छ ।

Dadeldhura hospital

अनुष्ठानका पण्डित सत्यराज अवस्थीका अनुसार प्रत्यक दिन विहान ५ बजे देखि ६ बजे सम्म सन्ध्योसन तथा योगाअभ्या, ६ देखि ८ बजे सम्म दैनिक विद्धान ब्राह्मणद्वारा वैदिक पुजन तथा नमकचमक रुद्धाभिषक हुने छ । यस्तै गरी विहान ९ बजे देखि दिउँसो १२ बजे सम्म दैनिक महाभारतको मुलपाठ पुराण एंव महामृत्युञ्जय वप सञ्चालन हुने छ । दिउँसो एक बजे देखि बेलुका ५ बजे सम्म दैनिक महासंगितमय महाभारको प्रवचन हुने छ ।
यसैगरी बेलुका साढे ५ बजे देखि साढे ६ बजे सम्म दैनिक विशेष विश्वाकल्याणकारी श्रग्रारिक एंव संगितमय महा हारति सञ्चालन हुने छ ।

godawari10 Mahila hinsa
Navadurga sun

पर्यटकस्थल बेहडबाबामाहुने अनुष्ठान अवधिभर साउनको महिना सोमबार शनिबार धनगढी बाट निशुल्क बसको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । अनुष्ठानमा हरेक दिन ११ जना बाह्मण द्वारा हरेका २ घण्टा रुद्धाभिषेक गरिने छ । मन्दिर व्यवस्थापन समितिका सचिव पदमराज जोशीले धनगढी उपमहानगरपालिका पनि सहयोग रहेको बताए । अनुष्ठान विभिन्न सञ्चार माध्याममा समेत प्रत्यक्ष प्रसारण गरिने छ ।

भएको पत्रकार सम्मेलनमा धनगढी उपमहानगरका मेयर नृपवहादुर वडले बेहडाबाबा धार्मिक तथा पर्यटकी दृष्टिकोणले महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले कोभिडका कारणले वाह्य पर्यटकहरु आउन नसकेपनि अन्य समयमा भारतबाट समेत हजारौँ भक्तजनहरु आउने गरेको बताए । अनुष्ठान प्रवेश गर्दा स्वास्थ्य मापदण्ड अपनाएर मात्र प्रवेश गर्न दिईने छ ।

Loading...