“देवकान्त पन्त स्मृति लोक साहित्य सम्मान- २०८०” बाट गाइका कृष्णा सिराडी सम्मानित

अत्तरिया- कैलाली जनपुस्तकालयको वार्षिक उत्सबमा डेउडा प्रतिस्ठानकि केन्द्रिय सदस्य गाइका कृष्णा सिराडी सम्मानित भएकी छन । कला , सस्कृती तथा लोक गायनमा बिगत लामो समयदेखि पुर्याएको योगदानको उच्च कदर गर्दै सुदुरपश्चिमकै गौरव ऐतिहासिक कैलाली जनपुस्तकालय धनगढीको ६७औं वार्षिकोत्सव समारोह तथा ४७औं साधारण सभाबाट देवकान्त पन्त स्मृति लोक साहित्य सम्मान २०८० बाट सिराडी सम्मानित भएकी हुन ।

Navadurga sun

सुदूरपश्चिम सरकारका प्रमुख सचिव डा . हरिप्रसाद लम्साल, शिक्षाविद् डा .हेमराज पन्त र कैलाली जनपुस्तकालयका अध्यक्ष डा .टिएन जोशी बाट उनले सम्मान पत्र ग्रहण गरेकी थिइन् ।

डोटि बड्डिकेदार घर भइ हाल धनगढी बस्दै आएकी गाइका सिराडी क्यामरा म्यान र अतारियामा रहेको अलिशा म्युजिक रेकर्डिङ स्टुडियोकि सह – संचालिका पनि हुन । उक्त कार्यक्रममा साहित्यकार, शिक्षा सेवी तथा समाजसेवीहरूलाई पनि सम्मान गरिएको थियो।

ADD Khali jpg
Loading...