देशभर आज २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ, २९ असार- देशभर आज कोरोना भाइरसबाट २ हजार ३ सय ९८ जना संक्रमित भएका छन् । ७ हजार ५८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ३९ जना तथा ३ हजार ९ सय ५४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५९ जना गरी जम्मा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Dadeldhura hospital

२४ घण्टामा देशभरबाट २ हजार ७८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना संक्रमणबाट अहिलेसम्म ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरि आज कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...