डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु

डडेल्धुरा – डडेल्धुरा मेडिकल कलेजमा पढाइ सुरु भएको छ। सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको मेडिकल कलेजमा हिजो (मंगलबार) देखि पढाइ सुरु भएको हो। बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कलेजमा कक्षा सञ्चालन सुरु भएको मेडिकल कलेजका डिन डाक्टर हेमनाथ जोशीले बताए। १० जनाको कोटा पाएकोमा अहिलेसम्म ८ जना विद्यार्थी भर्ना भएका छन्। मंगलबार भने तीन जना विद्यार्थी उपस्थित भएका थिए।

सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने घोषणा गरेपछि पाँचवटा विषयको अध्यापन अनुमति मागिएको थियो। तर, चिकित्सा शिक्षा आयोगले यसवर्ष भने बिएसी एमएलटी अध्ययनको अनुमति मात्रै दिएको थियो।

Navadurga sun

एमबीबीएस पढाइ सुरु गर्न भने कम्तीमा पनि तीन सय शड्ढयामा अस्पताल स्तरोन्नति हुन आवश्यक छ। अहिले अस्पताल एक सय शय्यामा सञ्चालन हुँदै आएको छ। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै कक्षा सञ्चालन सुरु भएको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...