त्रिविको उपकुलपति पदमा आवेदन दिएकामध्येबाट १४ जनाको संक्षिप्त सूची सार्वजनिक

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति (भीसी)का लागि आवेदन दिएकाहरुमध्येबाट १४ जना संक्षिप्त सूचीमा परेका छन् । उपकुलपति छनोट तथा सिफारिस समितिले १४ जनाको नाम संक्षिप्त सूचीमा राखेको हो ।

यसअघि कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो ।

Navadurga sun

उपकुलपति पदका लागि २ महिला र ४१ पुरुष गरी ४३ जनाको आवेदन परेको थियो । ती ४३ जनामध्येबाट सिफारिस समितिले १४ जनाको संक्षिप्त सूची सार्वजनिक गरेको हो ।

वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको सूचीमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापा छन् ।

यसअघि भीसीका लागि सम्भावित उम्मेदवार मानिएका त्रिविका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेल भने संक्षिप्त सूचीमा परेका छैनन् । संक्षिप्त सूचीमा एकजना मात्र महिला कुशुम शाक्य छिन् । उनी त्रिविको मानविकी तथा सामाजिक विज्ञान संकायकी डिन हुन् । प्रारम्भिक सूचीमा परेकी संगीता रायमाझी पनि संक्षिप्त सूचीमा परेकी छैनन् ।

संक्षिप्त सूचीमा परेकाहरुले अब आफ्नो सोचपत्र र व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ । त्यसका शिक्षा मन्त्रालयमा माघ २९ गतेदेखि फागुन २ गतेसम्मको समय तालिका निर्धारण गरिएको छ ।

प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षामन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउँछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...