महाशिवरात्रिको अवसर पारी आज अत्तरियामा बृहत सास्कृतिक कार्यक्रम हुदै

कार्यक्रम आज बिहान १० बजेदेखी ४ बजेसम्म हुने

अत्तरिया- सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया स्थित लामिताल परिसरमा आज बृहत सास्कृतिक कार्यक्रमको आयोजना हुन लागेको छ । कोरोना महामारी त्यसपछि नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण लामो समय ठप्प रहेको ठूलो सास्कृतिक कार्यक्रम आज पहिलो पटक अत्तरियामा हुन लागेको हो ।

बिगत एक बर्षदेखी बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको युवाहरु मिलेर गठन गरिएको थ्रिडिभिएल क्रियसन काण्ड खराबको आयोजनामा आज बिहान १० बजेदेखी साझँ ४ बजेसम्म कार्यक्रम संचालन हुने भएको छ ।

Navadurga sun

उक्त कार्यक्रममा चर्चित लोकपप गायक चेतन बोहरा र देउडा गायक भुवन दाहालको प्रस्तुति रहने थ्रिडिभिएल क्रियसनका सचिब एलआर ओझाले जानकारी दिए । यसका साथै अन्य बिभिन्न स्थानिय कलाकार तथा स्थानिय बिभिन्न डान्स क्लबहरुका आकर्षक प्रस्तुतिहरु पनि कार्यक्रममा रहने ओझाले बताए ।

थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले पछिल्लो समय कला संस्कृतिका नाममा बिभिन्न किसिमका बिकृती फैलिदै गई रहेकोले परम्परागत कला संस्कृतिको संरक्षणसंगै युवाहरुलाई श्रृजनात्मका काममा लाग्न उत्प्रेरणा जगाउनका लागि कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...