धनगढीमा प्रणय दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने

धनगढी- धनगढीमा प्रणय दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ । फागुन २ गतेका दिन भ्यालेन्टाइनडे तथा प्रणय दिवस दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने आयोजक सुदूर चौतारीले मङ्गलवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।

आयोजकले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ । प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ ।

Navadurga sun

प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ । प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले [email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा वा धनगढी एसपिए रोडमा माघ २९ गतेभित्र आयोजकलाई प्रेमपत्र पठाइसक्नुपर्ने सुदूर चौतारीका व्यवस्थापक प्रेम विवश चन्दले बताए ।

प्राप्त भएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेमपत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा बाचन गर्न लगाइने छ । उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिनेछ । प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश नगद रु ५ हजार एक सय, ४ हजार एक सय र ३ हजार एक सय र उपहारसहित सम्मान गरिने छ । प्रेम दिवसको नाममा समाजमा हुनेगरेका अचेतलशिल गधिविधी न्युनिकरण गर्न तथा प्रेम दिवसलाई सामाजिक मौलिक पर्व जस्तै सकारात्मक रुपले सवै प्रतिको माया, सद्भाव दर्शाउन प्रतियोगिता गर्न लागेको जनाएको छ ।

ADD Khali jpg
Loading...