कैलाली- कैलालीको धनगढीबाट ६५ हजारको भन्सार छलीको सामान बरामद गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालयका अनुसार शनिवार ६५ हजार तीनसय ६० रुपैयाँका भन्सार छलीका सामान बदामद गरिएको हो ।



धनगढी उपमहानगरपालिका वडा नम्बर २ चौराहबाट २० हजार ५० को चिनी, मिस्री, नरिवल, मिठाई, प्याज प्लास्टिकका झिल्ली लगाएतका सामान बरामद गरिएको छ ।


शनिवार नै वडा नम्बर ३ बाट ३८ हजार आठ सय १० रुपैयाँका प्याज, चिनी, चकलेट, चप्पल लगायतका सामान बरामद गरिएको छ । उता भजनी नगरपालिका वडा नम्बर ३ धुसीबाट ६ हजार पाँच सयका सुर्ती बरामद गरिएको छ । जिल्लामा एकै दिन ६५ हजार तीन सय ६० रुपैयाँका भन्सार छलीका सामान बरामद गरिएको हो ।





