



दार्चुला- दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दुहु गाउँपालिका-३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको-४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका हुन् ।


घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।





