धनगढीमा रहेको पञ्चोदय माविको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

धनगढी- धनगढीमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले ५८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको हो । सुदूरपश्चिमको मुटु धनगढीको हसनपुरमा रहेको पञ्चोदय माध्यमिक विद्यालयले विभिन्न कार्यक्रमका बीच आफ्नो वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बम सभापति रहेको कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्त प्रमुख अतिथि रहेका थिए ।

Ganyapdhura gau

शिक्षक अभिभावक सङ्घकी शिक्षिका सावित्री जोशीले वार्षिक उत्सवमा उपस्थित हुने सबैलाई आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गरेकी थिइन् । उनले आजसम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूणर् अभिभावकप्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई स्वागत गरेकी थिइन् । उक्त कार्यक्रममा फरकफरक कला संस्कृति र सभ्यताको प्रस्तुति प्रस्तुत गरिएको थियो। सुदूरपश्चिममा रहेका कला र संस्कृति झल्किने खालका प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्दै ऐश्वर्या विद्या निकेतनका प्रधानाध्यापक प्रेमनिधि ओझाले ऐश्वर्या विद्या निकेतन र पञ्चदयाको मित्रता प्रगाट रहेको र अझै रहने समेत व्यक्त गरेका थिए । वार्षिक उत्सवको शुभकामना दिँदै उनले पञ्चोदय माविलाई देशकै नमुना स्कुलका रूपमा स्थापना हुने समेत विश्वस्त रहेको व्यक्त गरेका थिए । साथै कार्यक्रममा विभिन्न क्षेत्रबाट विद्यालयलाई हयोग पुर्‍याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई मायाको चिनोको साथमा विशेष रूपमा सम्मान गरिएको थियो ।

२०७९ सालको कक्षा आठको परीक्षाको प्रतिफल अनुसार धनगढीका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी पास हुने सङ्ख्या समेत पञ्चोदय माध्यमिक विद्यालयकै रहेको थियो । नेपाली तथा अङ्ग्रेजी दुवै माध्यमबाट पढाइ हुने विद्यालयमा विद्यार्थीको चाप पनि उत्तिकै रहेको छ । निजी विद्यालयभन्दा पढाइको गुणस्तर सामुदायिक विद्यालयमै पाइन थालेपछि विद्यालयप्रतिको आकर्षण बढ्न थालेको हो । धनगढी मात्रै नभई सुदूरपश्चिमका पहाडी जिल्लाका विद्यार्थी समेत पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत रहेका छन् ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर बमले विद्यालयले राम्रो राम्रो गुणस्तर प्राप्त गर्दै गइरहेको र अभिभावकको साथ सहयोग समेत आफूले पाइराखेको र अझै पाउने समेत आशा व्याक्त गरेका छन् । उनले भने सकेसम्म राम्रै काम गरेको र कुनै काममा केही असन्तुष्टि वा केही संकोच भएमा विद्यालय व्यवस्थापन समिति सँग बसेर समस्याको समाधान गर्न सकिने उनले बताए । उनले भने विद्यालय व्यवस्थापन समिति र स्कुल प्रशासनप्रति कुनै गुनासो भए कुनै सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा प्रस्तुत गर्नुभन्दा विद्यालय व्यवस्थापन समिति र प्रशासन समितिसँग बसेर कुराको छलफल गर्न समेत आग्रह गरेका हुन् ।

Couple
Loading...