कैलालीको धनगढीबाट अबैध काठ बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको धनगढीबाट अबैध काठ बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ बडाराबाट कागज पत्र नभएको सिसमको सुकेको काठको गोलिया १८ थान सुदूरपश्चिम प्रदेश ०१००२ त ४६३४ नम्बरको ट्याक्टरमा लोड गरेको अवस्थामा मंगलवार बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उक्त काठ, ट्याक्टर र चालक धनगढी-३ का २८ वर्षीय मिनबहादुर चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय कैलालीमा बुझाएको बताएको छ ।

Loading...