३ केजी लागूऔषध गाँजा सहित युवक पक्राउ





मकवानपुर, २४ असार– प्रहरीले ३ किलो लागूऔषध गाँजा सहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर बस्ने २२ वर्षीय निश्चल थापा रहेका छन् ।


घरमा करिब ३ किलो लागूऔषध गाँजा लुकाएर राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



