


अत्तरिया- अयोध्यामा प्राण प्रतिष्ठानको अवसर पारी कैलालीको गोदावरी नगरपालिका वडा नं. १ भरतपुरमा अवस्थीत राम जानकी मन्दिरमा १ हजार ८ दीप प्रज्वलन गर्नुका साथै अखण्ड रामायण भजन कृतन गरिएको छ । माघ ७ गते साँझबाट सुरू भएको अखण्ड माघ ८ को साँझ दिप प्रज्वलन गरेको हो ।







दिप प्रज्वलनमा स्थानिय भक्तजनको उल्लेख सहभागिता रहेको थियो । प्राकृतिक सौन्दर्य भरिपूणर् राम जानकी मन्दिरमा बलेका बत्तिले अयोग्य कै भल्को दिएको भान हुन्यो । मुगल सम्राटले ५ सय बर्ष अघि ध्वस्त पारेको राम मन्दिर पुन स्थापना भएको खुसियालीमा बिश्व भरिकै हिन्दु धर्मावलम्बीहरूले खुशियाली मनाई रहदा राम जानकी मन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

राम जानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पि आर चटौटले सहभागी भक्त जनलाइ हार्दिक कृतज्ञता व्यक्त गर्दै रामको आदर्श सबै मानवमा हुनुपर्ने भन्दै आदर्श समाजको निर्माणमा सबै लाग्नुपर्ने बताएका छन् । त्यस्तै सह सचिव गोविन्द बिष्टले दिप प्रज्वलनले सबै हिन्दुमा नयाँ जागरण आएको बताए । शान्ति पाठ ब्राह्मणद्वारा गरि टिका अछता बितरण गरिएको थियो ।
video: https://www.facebook.com/100088206639998/videos/1048980442985316





