कैलालीमा एयरगन फेला

धनगढी- कैलालीमा एयरगन फेला परेको छ । आइतवार १ थान सानो एयरगन व्यवारिसे अवस्थामा फेला परेको हो । आइतवार राति ९ः३० बजेको समयमा भजनी नगरपालिका वडा नम्बर २ कटानपुर स्थित वनदेवी सामुदायिक वन भित्र फेला परेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको (आरआइटी) प्रहरी टोलीले सानो एयरगन (नपट्कीने) हतियार व्यवारिसे अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ । उक्त एयरगन ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
Loading...