प्राज्ञिक विद्यार्थी परिषद्ले शिक्षा क्षेत्र सुधारका लागि देशभर अभियान चलाउने

धनगढी- प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ । शनिवार धनगढी स्थित आस्था होटलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

विद्यार्थी परिषद्का केन्द्रिय सदस्य मणिराम चौलागाई, नगर सचीव गौरव भट्ट, छात्रा प्रमुख सुनिता भट्ट, पत्रकार महासंघ कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी र सामाजिक एवं शैक्षिक ब्यक्तिको विशेष उपस्थितमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

उक्त कार्यक्रममा अभियानका केन्द्रिय सदस्य मणिराम चौलागाई देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले देशको माटो महापुरुष, संस्कृतिको सम्मान गर्ने राजनीतिक दलबाट स्वतन्त्र रहेका प्राज्ञिक व्यक्तित्वले मात्रै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्र सुधार गर्न सक्ने भएकोले त्यसमा केन्द्रीत हुनु पर्ने आवश्यकता रहेको बताए ।

परिषद्ले अभियान पूर्व देशभर शैक्षिक सर्वेक्षण सम्पन्न गरिसकेको र माघ महिना भर देशभरका प्राज्ञिक वर्ग, विद्यार्थी, शिक्षक तथा समाजका विभिन्न निकाय समक्ष बृहत् भेटघाट तथा अन्तरक्रिया गर्ने, देशका प्रमुख क्याम्पसमा विचारगोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने, अभियानको क्रममा देशका प्रमुख स्थानमा शिक्षाका महत्वपूणर् मुद्दालाई लिएर दबाब र्‍याली गर्ने प्राज्ञिक व्यक्तिहरूबाट सुझाव सङ्कलन गर्ने, मागपत्र प्रस्तुत गर्ने, देशका सबै जिल्ला मार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र प्रस्तुत गर्ने, देशभरबाट आएका सुझाव तथा विषयलाई समावेश गरेर काठमाडौँमा विशेष अन्तरक्रिया गर्ने छ । जस पश्चात विश्वविद्यालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग आदि निकायमा सुधारका लागि सुझाव पेस गर्ने, त्यसबाट पनि मागहरू सुनुवाइ नभए विद्यार्थी दबाब आन्दोलन गर्ने, धर्ना, अनसन गर्ने जस्ता कार्यक्रमहरू घोषण गरेको छ ।

Couple
Loading...